धरानमा खानेपानी सहज हुदैः बाेर्ड

  • प्रकाशित मितिः चैत्र 28, 2077
  • 409 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा आजदेखि भने केही वडाहरुमा खानेपानी आउन थालेको छ । धरान ११, १६, १७ र १८ नं. वडामा खानेपानी आउन थालेको हो । दैनिक पानी नआउँदा उपभोक्ताहरुमा समस्या भएको थियो । अब त्यो समस्या टर्दै जाने भएको छ । खानेपानीलाई सहज बनाउनका लागि प्रयत्न गरिरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार अहिले मेयर तिलक राईको नेतृत्वमा काम भइरहेको छ । मेयर राईको नेतृत्वमा खानेपानीलाई सहज बनाउन दिन रात नभनि काम भईरहेको उहाँले बताउनुभयो ।

खानेपानी बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले शुक्रबार बिहान ११, १६, १७ र १८ नं. वडाका उपभोक्ताहरुको घरघरमा पुगेर अवलोकन गर्नु भएको थियो । अवलोकनका क्रममा वडा नं. १७रत्नचौककी लक्ष्मी राईलेविगत एक महिनादेखि खानेपानीको समस्या भईरहेको सुनाउँदै आजबाट भने पर्याप्त मात्रामा खानेपानी आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानीको ट्यांकी पनि भरियो, करेसाबारी र फूलहरुमा पनि पानी लगाउन पुग्यो ।’ धेरै दिनपछि यसरी पानी आएको बताउँदै उहाँले खुशी व्यक्त गर्नुभयो । यस्तै सोही वडाकी उषा सुनुवारले पनि हिजो भन्दा आज धेरै पानी आएको सुनाउनुभयो । ‘केही समयदेखि दिन विराएर पनि पर्याप्त पानी आउदैनथ्यो’ उहाँले भन्नुयो, ‘तर आज दुई घण्टा पानी आयो ।’ दिन विराएर भएपनि १ देखि २ घण्टा सम्म पानी वितरण गर्न सक्यो भने खानेपानीको समस्या नहुने उहाँको भनाई छ । केटाकेटी र बुढाबुढी भएको घरमा पानी नभएपछि समस्या हुने गरेकोछ । उहाँले समयमै पानी वितरण गर्ने कर्मचारीलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै कर्मचारीकै लापारबाहीको कारण खानेपानीको भएको सुनाउनुभयो ।

यता वडा नं. १८ का स्थानीय हर्कराज राईले पनि अरुदिन भन्दा आज पानी धेरै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज पर्याप्त मात्रामै पानी आयो, यसभन्दा अघि चाँहि दुई दुई दिनमा पालो सिस्टममा आउँथ्यो, त्यही पनि १५ देखि २० मिनेट सम्म आउथ्यो, समस्या हुन्थ्यो ।’ सोही वडाका आश बहादुर पाहिमले धरानमा हरेक वर्ष सुख्खायाम सुरु भएसँगै खानेपानीको समस्या हुने गरेको बताउनुभयो । उहाँले रातभरी ट्यांकीमा जम्मा भएको पानी वितरण नगरेको भन्दै दुखेसो पोख्नुभयो । ‘हुन त धरानमा पानीको समस्या छ’ उहाँले भन्नुभयो, ट्यांकीमा पानी नहुँदा त ठिकै छ, रातभरी ट्यांकीमा जम्मा भएको पानी हाम्रोमा एक थोपा आएन, यसमा पानी वितरण गर्ने प्लम्बरकै गल्ति छ ।’ पुराना प्लम्बरहरुका कारण पानी विरतणमा समस्या भएको हो । उहाँले भन्नुभयो, ‘पुराना प्लम्बरहरुको कारण लापारबाही छ, पैसा नलिईकन प्लम्बरहरुले कामै गर्न नमान्ने ।’ ट्यांकीमा भएको पानी सहि तरिकाले वितरण हुनुपर्ने उहाँले बताउनुभयो । धरानमा थोरै समय भएपति भएकोे पानीलाई समान तरिकाले वितरण गर्न सक्यो भने पानीको समस्या नहुने उहाँको बुझाई छ ।

यस्तै धरान १६ का पूर्ण राईले राति ४ बजेदेखि विहान ९ बजे सम्म पानी आएको बताउनुभयो । उहाँले खानेपानी सहज बनाउनका लागि सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो । साथै उहाँले खानेपानी समस्या समाधान गर्न धराने जनता पनि स्थानीय सरकारसँग जोडिन आवश्यक रहेको बताउनुभयो ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्