पार्टी विवादमा निर्वाचन आयोगले फैसला नदिनु विडम्बना: ‘वरिष्ठ नेता नेपाल’

  • प्रकाशित मितिः चैत्र 29, 2077
  • 191 पटक पढिएको
  • औजार संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोग जस्तो संवैधानिक आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज (आइतबार) पर्साको वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ? एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।

आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्ता माझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए ।

‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं,’ उनले भने, ‘तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनु भएछ । त्यसैलाई केन्द्रीय कमिटीको विशेष बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनु भयो, जिम्मेवारी खोसिदिनु भयो । मान्छे थपिदिनु भयो । विधान संसोधन गरिदिनु भयो ।’ अहिले पनि विधि सम्वत ढंगले छलफल गरेर निकास खोज्नुपर्ने उनले बताए ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्