छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता हुँदै

  • प्रकाशित मितिः चैत्र 30, 2077
  • 236 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान गल्फ क्लबको आयोजनामा छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।
धरान गल्फ क्लबका पूर्व सदस्य स्व. इन्द्र कुमार लामिछानेको स्मृतिमा धरान गल्फ क्लबले प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगिता यही वैशाख ४ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको धरान गल्फ कोर्षमा सम्पन्न हुने आयोजक क्लबका अध्यक्ष टीका लिम्बूले जानकारी दिनुभयो । प्रतियोगितामा एक नं. प्रदेश लगायत काठमाडौ, पोखराका ४० भन्दा बढी एमेच्योर खेलाडीले सहभागीता जनाउने भएका छन् ।
प्रतियोगितालाई बराह ग्रुपले प्रायोजन गरेको छ । प्रतियोगिताको उपाधी पाँचौ संस्करण इटहरीका सन्तोष कार्की र चौथो संस्करण धरानका वीरेन्द्रविक्रम लिम्बूले जितेका थिए । प्रतियोगिताले गल्फ खेलको विकासमा सहयोग पुग्ने आयोजक धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राइले बताउनु भयो । सोमबार बराह किचनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राईले गल्फ खेलको विकासकालागी बराह ग्रुपले लगानी गर्दै आएको स्मरण गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले स्व. बुवा इन्द्रकुमार लामिछाने खेलकुद प्रेमी भएको र त्यसमा पनि गल्फसँग अत्यन्तै लगाव भएको बताउनु भयो । स्व. पिताको केही अधुरा सपना पुरा गर्न पनि गल्फ प्रतियोगिता वार्षिक रुपमा प्रायोजन गरिरहेको उहाँले बताउनुभयो ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्