प्रवासी नेपाली एकता मञ्च साउदीमा अमर श्रेष्ठ

  • प्रकाशित मितिः बैशाख 4, 2078
  • 198 पटक पढिएको
  • औजार संवाददाता

प्रवासी नेपाली एकता मञ्च साउदी अरेबीयाकाे केन्द्रीय कमिटि विस्तार भएकाे छ । हिजाे मिती २०७८ साल वैशाख ३ गते भएकाे जुम भर्चुअल मिटीङ मार्फत भएकाे भेलाबाट मञ्चकाे अध्यक्षमा अमर श्रेष्ठ सहित ४३ सदस्यीय कमिटी गठन भएकाे छ ।

जुम भर्चुअल मिटीङ मार्फत अमर श्रेष्ठको अध्यक्षता र बलराम गिरीको प्रमुख आतिथ्यतामा साउदी अरेवीयामा रहेका नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरु बिच परिचयात्मक कार्यक्रमको साथै नव वर्ष बिक्रम सम्बत २०७८ सालको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत भएकाे थियाे । प्रवासी नेपाली एकता मञ्च साउदी अरेबिया केन्द्रीय कमिटीलाई ३ महिला सहित ४३ सदस्यीय कमिटी सर्वसम्मतले चयन भएका छन् । कमिटिकाे सिचवमा याम लामा, वरिष्ठ सल्लाहकार तथा राजदूतावास समन्वय प्रमुखमा बलराम गिरी, सल्लाहकार रमेश भण्डारी, प्रवक्तामा कृष्ण कार्की, श्रमिक समस्या तथा राजदूतावास समन्वय प्रमुखमा कमल प्रसाद खरेल, अनुशासन विभाग प्रमुखमा )किशोर राई, आर्थीक विभाग प्रमुखमा अच्युत बोगटी चयन भएका छन् । त्यस्तै गरी सदस्यहरूमा राजेन्द्र खत्री, ॠषीराम भट्टराई, ओम घले, राम बहादुर क्षेत्री, बसन्त राई, रुद्र कुमार कार्की, रमेश गिरी, रूपक वाईवा, रमेश अधीकारी, राजिब रेग्मी, बिएस अधीकारी, नवराज थापा, बिष्णु घिमिरे, राम कार्की, नागेस तामाङ, अमृत घिसीङ, दल सुनुवार, भीम ठकुरी, नाथन शर्मा, तिलक पुन, खडग प्रसाद आचार्य, युवराज खड्का, दिपक अर्याल, राज खत्री, दीपक थापा, बिक्रम भण्डारी, विष्णु प्रसाद बरुवाल(सुवोध), राजेन्द्र कुमार न्यौपाने(डुबिन्द्र), खेम चन्द्र पुरी, योगेन्द्र प्रसाद कुईकेल, अर्जुन सिलवाल, मिन प्रसाद अधीकारी रहेका छन् ।

वरिष्ठ सल्लाहकार बलराम गिरीले नव वर्षको शुभकामनाको साथमा साउदी अरेबियाको कानुनलाई मध्यनजर गर्दै मर्यादित ढङगले सङ्गठनमा काम गर्न सुझाव दिनुभयो। यसै गरी अन्य वक्ताहरु कमरेड रमेश भण्डारी, कमरेड कृष्ण कार्की, कमरेड कमल प्रसाद खरेल, कमरेड किशोर राई, कमरेड अच्युत बोगटी, कमरेड रुद्र कुमार कार्की,कमरेड रमेश गिरी, कमरेड रुपक वाईबा ,कमरेड विष्णु घिमीरे, कमरेड योगेन्द्र प्रसाद कुईकेल ,कमरेड मिनराज ठकुरी,कमरेड बसन्त राई, कमरेड दल बहादुर सुनुवार,कमरेड राजेश कुमार न्यौपाने लगायतका वक्ताहरूले नव वर्षको शुभकामनाको साथै साउदी अरेवियामा सङगठन विस्तारको लागि महत्वपूर्ण भनाईहरु राख्नुभयो ।

सभाध्यक्ष अमर श्रेष्ठले विस्तारित कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै बिधीविधान अनुसार र साउदी अरेवीयाको हरेक नेपालीहरु रहेको स्थानमा पुग्न कडा परिश्रम गर्नु पर्ने बताउँदै नव वर्ष २०७८ सालको सुखद उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापनको साथ सभा बिसर्जन गर्नुभयो।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्