लोक सेवा तयारी कक्षा समापन

  • प्रकाशित मितिः बैशाख 4, 2078
  • 309 पटक पढिएको
  • औजार संवाददाता

received_4384289581589853 2 धरान । अनेरास्ववियू धरान उपमहानगर कमिटिले सञ्चालन गरेको लोक सेवा तयारी कक्षा सम्पन्न भएको छ । आज शनिबार धरान–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी कक्षाको समापन गरिएको छ । लोकसेवा तयारी कक्षा महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालन भएको थियो । क्याम्पसका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु कक्षामा सहभागी भएका थिए ।
         लोक सेवा तयारी कक्षाले विद्यार्थीलाई लोक सेवा आयोगको परिक्षा दिन सहज हुने अनेरास्ववियु धरान अध्यक्ष अदित श्री अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार विद्यार्थीले आफ्नो पढाई सम्पन्न गरेपछि सरकारी जागिरमा सेवा गर्न लोक सेवाको परिक्षामा सामेल हुनुपर्ने र उक्त परिक्षा पास गरेपछि मात्रै सरकारी जागीरमा नियुक्ति हुने भएकोले विद्यार्थीलाई लक्षित गरी लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
       समापन कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य आरसी लामिछाने, नेकपा एमालेका केन्द्रीय सदस्य मोतिराज सुनुवार, मुरारी भण्डारी लगायत अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आरसी लामिछानेले शिक्षा क्षेत्रमा भएका विकृतिहरुलाई न्युनिकरण गर्दै व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको थियो ।-सन्देश तिमल्सिना


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्