के भोलीदेखि धरानका शैक्षिक संस्था बन्द होलान् ? परिक्षा स्थगित हुन्छ कि चल्छ ?

  • प्रकाशित मितिः बैशाख 6, 2078
  • 659 पटक पढिएको
  • औजार संवाददाता

धरान । सरकारले ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लाे समय बालबालिकामा समेत काेराेनाकाे संक्रमण दर बढ्न थालेपछि सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महाहानरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । जसमा लितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।

राजधानी बाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।

धरानमा भोलीदेखि बन्द शैक्षिक संस्था बन्द हुने
धरानमा भोलीदेखि नै शैक्षिक संस्था बन्द हुने धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटवालले जानकारी दिनुभएको छ । कटवालका अनुसार हिजो आइतबार उपमहानगरपालिकामा भएको बैठकमा केन्द्र सरकारले गर्ने निर्णयका आधारमा अघि बढ्ने निर्णय भएको थियो । हिजो भएको बैठकले जेठको पहिलो साता भित्र सबै विद्यालयले वार्षिक परिक्षा सक्ने समेत निर्णय भएको थियो । केन्द्र सरकारले धरानका समेत शैक्षिक संस्था बन्द गर्ने निर्णय आजै गरेपछि धरानमा भोलीदेखि शैक्षिक संस्था बन्द हुने भएको हो । शिक्षा शाखा प्रमुख कटवालले अनलाइनबाट भने विद्यालयहरुले कक्षा सञ्चालन गर्न सक्ने जनाउनु भएको छ ।
यता एसिसि धरानका अध्यक्ष राजेन्द्र गुरुङले भने धरानमा कोरोनाको प्रभाव नदेखिएकोले शैक्षिक संस्था बन्द नगर्दा पनि हुने बताउनु भयो । उहाँका अनुसार विद्यालयहरुले चाडै वार्षिक परिक्षा सकेर विदा दिदा उपयुक्त हुन्छ ।

सुरक्षा मापदण्ड अपनाए परिक्षा गर्न पाइने
सरकारले पूर्ण रुपमा सुरक्षा मापदण्ड अपनाएर परिक्षा सञ्चालन गर्न भने छुट दिएको छ । मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्ने, एउटा क्लासमा न्युन विद्यार्थी राख्ने र भौतिक दुरी कायम गरी परिक्षा सञ्चानल गर्न सकिने सरकराले जनाएको छ । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटवालले पनि परिक्षाकालागी सुरक्षा मापदण्ड अपनाए बाधा नहुने बताउनु भयो ।

 


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्