धरानमा आजदेखि बन्द शैक्षिक संस्था बन्द हुने, सुरक्षा मापदण्ड अपनाए परिक्षा गर्न पाइने

  • प्रकाशित मितिः बैशाख 7, 2078
  • 805 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा आजदेखि नै शैक्षिक संस्था बन्द हुने धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटवालले जानकारी दिनुभएको छ । कटवालका अनुसार आइतबार उपमहानगरपालिकामा भएको बैठकमा केन्द्र सरकारले गर्ने निर्णयका आधारमा अघि बढ्ने निर्णय भएको थियो । हिजो भएको बैठकमा जेठको पहिलो साता भित्र सबै विद्यालयले वार्षिक परिक्षा सक्ने समेत निर्णय भएको थियो । हिजो बेलुका केन्द्र सरकारले धरानका समेत शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपछि धरानमा आजदेखि शैक्षिक संस्था बन्द हुने भएको हो । शिक्षा शाखा प्रमुख कटवालले अनलाइनबाट भने विद्यालयहरुले कक्षा सञ्चालन गर्न सक्ने जनाउनु भएको छ ।
यता एसिसि धरानका अध्यक्ष राजेन्द्र गुरुङले भने धरानमा कोरोनाको प्रभाव नदेखिएकोले शैक्षिक संस्था बन्द नगर्दा पनि हुने बताउनु भयो । उहाँका अनुसार विद्यालयहरुले चाडै वार्षिक परिक्षा सकेर विदा दिदा उपयुक्त हुन्छ ।

सुरक्षा मापदण्ड अपनाए परिक्षा गर्न पाइने
सरकारले पूर्ण रुपमा सुरक्षा मापदण्ड अपनाएर परिक्षा सञ्चालन गर्न भने छुट दिएको छ । मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्ने, एउटा क्लासमा न्युन विद्यार्थी राख्ने र भौतिक दुरी कायम गरी परिक्षा सञ्चानल गर्न सकिने सरकराले जनाएको छ । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटवालले पनि परिक्षाकालागी सुरक्षा मापदण्ड अपनाए बाधा नहुने बताउनु भयो ।

 


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्