इटहरीकी काेराेना संक्रमितकाे धरानमा निधन

  • प्रकाशित मितिः बैशाख 8, 2078
  • 1687 पटक पढिएको
  • औजार संवाददाता

धरान । इटहरी–२ सुनसरीकी काेराेना संक्रमित ७८ वर्षिया वृद्धाकाे उपचारकाे क्रममा धरानमा निधन भएकाे छ । गत चैत २४ गते काेराेना पाेजेटिभ देखिएकाे वृद्धाकाे उपचारकाे लागी साेही दिन विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पाेखरेलका अनुसार उनी लामाे समयदेखि दिर्घ राेगबाट पीडित समेत थिइन् ।

उनकाे शव व्यवस्थापन गर्ने तयारी भइरहेकाे समेत सहप्रवक्ता पाेखरेलले जानकारी दिनुभएकाे छ । पछिल्लाे समय काेराेना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकाे र त्यसले जुनबेला पनि भयावह रूप लिन सक्ने भन्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले नगरबासीलाइ सचेत रहन अाग्रह गर्नुभएकाे छ । उहाँले काेराेनाकाे संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन समेत अपिल गर्नुभएकाे छ ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्