धरानमा आजबाट सुरु हुने भनिएको वार्षिक परिक्षाहरु अर्को सुचना प्रकाशन नभएसम्म स्थगित

  • प्रकाशित मितिः बैशाख 14, 2078
  • 248 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा आजबाट सुरु हुने भनिएको कक्षा ५ देखि माथिको वार्षिक परीक्षा स्थगित गएिको छ ।

सोमबार धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले बैशाख १८ गतेभित्र परीक्षा लिइसक्ने निर्णय गरेको थियो ।

कक्षा ८ लगायत अन्य सबै कक्षाहरुका वार्षिक परिक्षाहरु अर्को सुचना प्रकाशन नभएसम्म स्थगित गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

खेलकुद तथा शिक्षा महाशाखा प्रमुख रत्न कट्वालले एक सुचना जारी गर्दै आजदेखि सुरु हुने वार्षिक परिक्षा स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई भर्चुअल तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाई सुचारु गर्न पनि आग्रह गर्नु भएको छ । उहाँका अनुसार कक्षा ५ भन्दा माथिको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने निर्णय गरिएको थियो ।

179012248_3868022743293055_8541492498750841675_n


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्