सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

  • प्रकाशित मितिः बैशाख 16, 2078
  • 813 पटक पढिएको
  • औजार संवाददाता

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीकाे चेन ब्रेक गर्न (फैलनबाट राेक्न) सुनसरीका १२ वटै स्थानीय तहमा निषेधआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिनुभयाे ।

 

जिल्ला प्रशासन कार्यालय सुनसरीमा अाज बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार राती १२ बजेदेखि २४ वैशाख राती १२ बजेसम्म निषेधाज्ञा जारी गरीएकाे हाे। सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले निर्देशनलाई उलंघन गर्ने जोकोहीलाई संक्रमण ऐन अनुसार कारवाही गर्ने चेतावनी दिनुभएकाे छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ ।

nishedhagya (1) nishedhagya (2)


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे