रक्सी बेच्दा अनेक तनाव, क्याफेमा सन्तुष्ट

  • प्रकाशित मितिः बैशाख 17, 2078
  • 2226 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका अजय राईले धरान–१० मा वेभ क्याफे एण्ड चिकन स्टप खोलेको ६ महिना भयो । क्याफेमा अहिले दिनभर भिडभाड हुन्छ । राई आफ्नो क्याफेको व्यवसायबाट सन्तुष्ट छन् ।

यस अघि उनले बगरकोटमा एउटा रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका थिए । बारमा रक्सी पिउनेहरुको व्यवहारबाट दिक्क भएका उनले त्यसपछि क्याफे खोले । बारको व्यवसाय प्रायः गरी बेलुकीबाट सुरु भएर मध्यरातसम्म हुने गर्दथ्यो । मध्यरातसम्म अनिदो बसेर व्यवसाय गर्नुपर्ने र ग्राहकले रक्सि पिएर गर्ने दुव्र्यवहारले उनी आजित थिए ।

आधारात अनिदो बसेर व्यापार गर्दा पनि उधारो खाएर हिड्ने, उधारो नउठ्ने र ग्राहकको व्यवहार समेत राम्रो नहुँदा दिक्क भएका अजय राईले सो व्यवसाय छोड्ने निर्णयमा पुगे ।

बारको व्यवसाय छोडेपछि उनी कफि सप तिर लागेका छन् । धरान–१० मा उनले कफि सपको व्यवसाय सुरु गरेको ६ महिना भयो । अहिले उनको वेभ क्याफे एण्ड चिकन स्टप नामक कफि सपमा युवाहरुको आकर्षण बढेको छ । त्यसको मुख्य कारण हो काल्डी कफी र रेड चेरी कफि । यी दुवै ब्राण्ड नेपालकै उत्पादन हुन् ।

क्याफेका सञ्चालक राई भन्छन् ‘एक पटक जसले यो ब्राण्ड चाख्छ नी उसलाई यसकै लत नै लाग्छ । उनले भनेझै क्याफेमा युवाहरुको भिडभाड छ । त्यसमा पनि राई आफैले बनाएको स्पेशल चिकन (सिएफसि) क्रन्चि फ्राइड चिकन पनि अहिले धरानमा चलेको फुड आइटम बनेको छ । क्याफेमा बर्गर र स्याण्डविच पनि चल्ने आइटममा परेको छ ।

राई अहिलेको कमाइबाट एकदमै सन्तुष्ट छन् । उनी भन्छन् –‘अब नाफा हेर्दा त रक्सीको व्यापार जस्तो धेरै त हुन्न तर सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि रहेछ । कफि सपको व्यवसाय सुरु गरेपछि उनले अहिले आफु तनावरहित भएको अनुभव गरेका छन् । ‘अहिले  म डेढदेखि २ लाखसम्म मासिक रुपमा कमाइ गरिरहेको छु । सबैभन्दा मुख्य कुरा अहिले म दिउँसो नै व्यवसाय गर्छु । ग्राहक पनि हाम्रो सेवादेखि सन्तुष्ट छन् । ग्राहकसँग आत्मियता छ । म पनि एकदम खुसी छु ।’

बारिष्टाको ट्रेनिङ चलिरहन्छ
क्याफेमा कफि हिट भएपछि अहिले बारिष्टाको ट्रेनिङ लिन आउनेहरुको संख्या बढी रहेको छ । खास गरी पछिल्लो समय सहरमा क्याफेको संख्या थपिइरहेको छ । क्याफे राम्ररी सञ्चालन गर्न कफि बनाउन स्पेशल हुनुपर्छ ।

सोही कुरालाई ध्यानमा राख्दै उनले २–३ लटमा गरेर ७० जना भन्दा बढीलाई बारिष्टाको ट्रेनिङ दिइसकेका छन् । राई भन्छन् ‘अहिले बजारमा कफि सप खुल्ने क्रम बढ्दो छ, जसले गर्दा कफि मेकर बारिष्टाको माग उच्च छ । धरानमा पनि अहिले ३० भन्दा बढी कफि सप छन् । जसलाई राम्रो बारिष्टाको अभाव नै छ । क्याफेमा राईले ७ जनालाई रोजगारी समेत दिएका छन् ।

600 1000 1500 1700

1. 2. 4. 5. 3.


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्