२ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु, २ जना घाईते

  • प्रकाशित मितिः बैशाख 19, 2078
  • 267 पटक पढिएको
  • औजार संवाददाता

मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् ।
आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र. १-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्