सर्दुमा खानेपानीको मुहान मर्मत कार्य हुँदै, एकहप्ता भित्र सकिने

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 346 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानको सर्दु खोलामा खानेपानीको उत्पादन बढाउन मुहानको मर्मत कार्य सुरु भएको छ । खानेपानीको उत्पादन बढाउन तथा वितरणमा सहजीकरण गर्नुका साथै सफा खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी व्यवस्थापन बोर्डले मर्मत कार्य सुरु गरेको हो ।

बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार अहिले ३० प्रतिशत भन्दाबढी काम सम्पन्न भईसकेको छ । एक हप्ताभित्रमा काम सकिने जानकारी उहाँले दिनुभयो । ‘बर्खायाममा सर्दुको पानी फोहोर आउने, पानी पर्न थालेपछि धमिलो आउने, धेरै फोहोर आयो भने फिल्टर प्लान्टहरुले पनि काम नगर्ने,’ पोख्रेलले भन्नुभयो, ‘सर्दुको मुहानमा एकातिरबाट सफा पानी आउँछ, अर्कातिरबाट बर्खायाममा अलि फोहोर पानी आउँछ ।’ सफापानी आउने तिर एक वटा जम्मा गर्ने ट्यांकी निर्माण गरिनेछ । पाईपलाईन ल्याएर ईन्टेकमा झार्नको लागि अहिले काम सुरु गरिसकेको उहाँले बताउनुभयो । सर्दुको मुहान क्षेत्रमा पाईपलाईन सबै पुर्याईसकिएको छ । अहिले तुरुन्तै गरियो भने पनि सर्दुको पानीको मात्रा बढाउन सकिने बताउँदै पोख्रेलले भन्नुभयो, ‘बर्खामा फोहोर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाईन्छ ।’

सर्दुको मुहान क्षेत्रमै बसेर कामदारहरुले अहिले बिहानदेखि नै काम गरिरहेको छ । पाईपलाईनको कामसँगै खोलाको छेउछेउमा ग्याबिनहरु राखेर मेशिनरी वालहरु पनि बनाईने भएको छ । खानेपानीलाई नियन्त्रण गर्नका लागि सर्दु खोलामा संरक्षण कार्य गर्नुपर्ने बोर्डले जनाएको छ । सर्दुमा धेरै बाढी आएको बेलामा खानेपानी फिल्टर गर्न सकिदैन । ७ सय टिएसएस भन्दा बढी फिल्टर गर्न नसकिने बोर्डको भनाई छ ।

आईतबार बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख तिलक राई उक्त क्षेत्रमा स्थलगत अनुगमन गर्न पुग्नुभएको थियो ।

 


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्