आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 352 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मको उच्च हो भने हिजो ७ हजार ४४८ संक्रमित भएका थिए । १६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ जार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् । हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या हालसम्मकै उच्च हो । यसअघि हिजो एकैदिन ३७ जनाको कोरोनाकै कारण ज्यान गएको थियो । यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र