मास्कको कालोबजारी गर्ने पक्राउ

  • प्रकाशित मितिः जेठ 9, 2078
  • 289 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । मास्कको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–९ स्थित अधिकारी फार्मेसीका सञ्चालक ३१ वर्षिय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

अधिकारीले सुनसरी नगरपालिका–७ का ३७ वर्षिय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फुल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई १ थान सिलिकन फुल फेस मास्कसहित फार्मेसीबाटै पक्राउ गरेको हो।

प्रहरीले अधिकारी माथि कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारबाही गर्ने जनाएको छ। 


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र