झट्केलो छोरीलाई जर्बजस्ती करणी गर्ने पक्राउ

  • प्रकाशित मितिः जेठ 9, 2078
  • 543 पटक पढिएको
  • औजार संवाददाता

सुनसरि । आफ्नो झट्केलो छोरीलाई जर्बजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक पुरूषलाइ प्रहरिले पक्राउ परेको छ ।सुनसरीको रामधुनी नगरपालिका ८ तीनकुने घर भएपनि इनरुवा ३ मा डेरामा बस्दै आएका ३५ बर्षीय एक व्यक्ति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले आइतबार ती व्यक्ति पक्राउ परेको जानकारी दिए पनि उनको परिचय भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार जेठ ५ गते आमा निदाएको मौका पारी ९ बर्षीय छोरीलाई करणी प्रयास गरेका थिए । घटना पछि उनी फरार थिए ।

पहिलो श्रीमान् पटीकी ९ बर्षीय कान्छी छोरी आमालाई भेट्न घर आएकी थिइन् । उनी आमासँगै एक सातादेखि बस्दै आएको बेला यो घटना भएको थियो । घटना पछि फरार भएका आरोपीलाई आज बिहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा ८ स्थित बङ्कुल्वा पुर्वी टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ वमोजिम म्याद थप गरि अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र