कतारसहित ३ देशमा सातामा १ दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

  • प्रकाशित मितिः जेठ 14, 2078
  • 240 पटक पढिएको
  • औजार संवाददाता

सरकारले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । कति गतेदेखि उडान खोल्ने भन्नेबारे निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । पर्यटन मन्त्रालयले जेठ १८ गतेदेखि उडान खुला गर्ने गृहकार्य अघि बढाएको छ ।

“कोभिडसँग सम्बन्धित अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएर हाल तीन देशका लागि उडान खुला गर्ने निर्णय भएको हो” मन्त्री ज्ञवालीले भन्नुभयो, “उडान हुने भएपछि त्यस देशका नागरिक स्वास्थ्य मापदण्ड पूरा गरेर ओहोर दोहोर गर्न सक्नेछन ।”

गत वैशाख १६ गतेदेखि कोभिडका कारण निषेधाज्ञा जारी भएपछि सरकारले बैशाख २० गतेदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । यसबीचमा पनि अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउने काममा भने केही उडान भइरहेका छन् ।


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र