अनेरास्ववियु धरान कमिटीद्वारा प्रेस चौतारिमा आबद्ध सञ्चारकर्मी र ट्राफिक प्रहरी कार्यालय धरानलाइ मास्क तथा सेनिटाईजर हस्तान्तरण

  • प्रकाशित मितिः जेठ 14, 2078
  • 425 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोना भाइरसको बढ्दो समयमा अनेरास्ववियु धरान उपमहानगर कमिटीले काममा खटिएका प्रेस चौतारिमा आबद्ध पत्रकार तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानलाइ सुरक्षा साधान मास्क तथा सेनिटाईजर हस्तान्तरण गरेको छ ।

अनेरास्ववियु धरान उपमहानगर कमिटीले विभिन्न सहयोगी हातहरुमा अपिल गरि धरानमा खटिएका सञ्चारकर्मी र जिल्ला ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण गरेको हो ।

अनेरास्ववियु धरान उपमहानगर कमिटीका अध्यक्ष अदित श्री अधिकारी , प्रचारप्रसार प्रमुख सन्देश तिमल्सिना र अनेरास्ववियु कमिटीका सदस्य भावना थापा , शिव गजमेर ,उमङ्ग खड्का ,रोहित मिश्र सम्मिलित टोलीले तिमल्सिना होटलमा एक कार्यक्रम गर्दै र जिल्ला ट्राफिक प्रहरी कार्यालयको स्थानमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन ।

हाल कोरोना भाईरसको अवस्थामा फिल्डमा खटिने सञ्चारकर्मी तथा ट्राफिक प्रहरीलाइ काम गर्न असहज र डरको माबजुद गर्दै आफ्नो जिम्मेवारीलाइ जोखिममा राखेर काम गर्नु पर्ने भएकाले सुरक्षाको साधन उपलब्ध गराएको नगर अध्यक्ष अदित श्री अधिकारीले जानकारी दिएका थिए । ४०० सय पिस मास्क ,७ लिटर सेनिटाईजर सञ्चारकर्मीलाई र १०० पिस मास्क र १ लिटर सेनिटाईजर जिल्ला ट्राफिक प्रहरी कार्यलय धरानलाई हस्तान्तरण गरेको अनेरास्ववियु प्रचारप्रसार प्रमुख सन्देश तिमल्सिनाले जानकारी दिए ।

बितरण कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले विषम परिस्थितिको महामारीको समयमा विद्यार्थीको यो सानो सहयोगले धरानमा सञ्चारकर्मि र ट्राफिक प्रहरीलाई केहि राहत हुने बिश्वास लिएको बताएका थिए । स्वास्थ्य सामग्री प्रदान गरेकोमा प्रेस चौतारि धरानले धन्यवाद दिदै आफु पनि सुरक्षित तरिकाले काम गर्न आग्रह गरेका थिए ।

साथै नेकपा एमाले सह-सचिब जोन राई , धरान ८ निवासि फट्टिराज राई ,नेकपा एमाले धरान सह-इन्चार्ज ऋषि राई ,युबा संघ केन्द्रीय कमिटी सदस्य सुमन लिम्बू ,युवा संघ जिल्ला सदस्य सेन राई ,युवा संघ केन्द्रिय कमिटी सचीवालय सदस्य अर्जुन लिम्बूको सहयोगमा सुरक्षाको सामाग्री हस्तान्तरण गरिएकाे र हस्तान्तरण गर्ने सम्पूर्ण माहनुभावलाई अधिकारीले हृदय देखि नै धन्यवाद समेत दिएका छन् ।

190621370_540478543612584_6374650025669566664_n 193203192_549089653141598_7533652777824621773_n 191703834_502679104189663_1383263140276023359_n 192327704_386318735989451_8201557679929024362_n 190230529_297911401814586_5716166356537364130_n


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र