प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन आग्रह: सामाजिक विकास मन्त्री राई

  • प्रकाशित मितिः जेठ 26, 2078
  • 197 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ ।
संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गर्नुभयो । मन्त्री राईले भन्नुभयो,‘ केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।

कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवस्यक तयारी गर्न आवस्यक देखिएको उहाँले बताउनुभयो । तेश्रो लहरको पनि पुर्वतयारी आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो ।

प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराउनु भयो ।

मन्त्री राईले भन्नुभयो,‘ प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं ।’ सवै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एचडियू, आईसीयू, भेन्टिलेटर, आवस्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ ।

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो ।

भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र