नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

  • प्रकाशित मितिः जेठ 27, 2078
  • 144 पटक पढिएको
  • औजार संवाददाता

मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर २५ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् भने गृह खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाले सपथ लिएका छन् ।

यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार

सुनसरीमा १८४ जना सहित प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिए, ९०२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन

सुनसरीमा १६८ जना सहित प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित थपिए, १,४४२ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष र